२८ फाल्गुन २०८२, बिहीबार
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले प्रतिनिधिसभाको अधिकार अपहरण गरेको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्ममाथि राष्ट्रपतिले प्रहार गरेकाले चुप लागेर बस्न नसकिने बताएका हुन् ।
यस्तै, उनले अध्यादेशबाट शासन गर्ने योजना बनाएकाले अदालतको आदेश पालना नगर्ने मनस्थितिमा सरकार पुगेको बताए । यसले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाई थियो ।

