होमल्याण्ड खबर
२०७८ असार १६ गते, बुधबार ०९:५४ मा प्रकाशित
नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ ।
पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो ।
सोही अनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।एमालेको केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार बोलाउने तयारी गरेको छ ।