होमल्याण्ड खबर
२०७८ असार १६ गते, बुधबार १६:१७ मा प्रकाशित
नेकपा एमालेले पूर्वमाओवादीका चारसहित आठ जना नेतालाई स्थायी कमिटीमा मनोनीत गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले पूर्वमाओवादीका राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायामाझी, मणि थापा यस्तै एमाले नेताहरु विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र वेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।