२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेको माधवकुमार नेपाल समूह शुक्रबार बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।
बिहीबार बानेश्वरमा बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।


सो कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ। ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ ।
तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जिकिर गरेको छ ।