लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्रीले दिइन् राजीनामा

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार १५:१४ मा प्रकाशित

लुम्बिनी प्रदेशकी एक राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रदेशसभामा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन।

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ। उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो। मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए।