२८ फाल्गुन २०८२, बिहीबार
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस आज सकिँदै छ । आज रिट निवेदक पक्षका बाँकी अधिवक्ता अदालतको सहयोगी एमिकस क्युरीले राय दिएपछि बहस सकिने छ ।
रिट निवेदक पक्षलाई जवाफी बहसका लागि छुट्याइएको ३ घण्टाको समयमा हिजो एक घण्टा सकिएको छ भने आज २ घण्टा बहस हुने छ । जवाफी बहसमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन् ।


एमिकस क्युरीले आफ्नो राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ । फैसला कहिले दिने भन्ने जानकारी अदालतले आजै दिन सक्नेछ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका थिए ।