२८ फाल्गुन २०८२, बिहीबार
नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ । काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए ।
काँग्रेसमा निर्वाचन सम्बन्धी गतिविधि हेर्दै आएका उनले भने, ‘अहिले अदालतले केही निर्णय गरेको छैन । हामीले हिजो पनि अदालतले जे निर्णय गर्छ मान्छौँ भनेका थियौं । आज पनि हाम्रो त्यही भनाइ हो ।’ तर हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ ।

