१० श्रावण २०८३, आईतवार
संसद विघटनसम्बन्धी रिटको फैसला असार २८ गते आउने भएको छ। सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्युरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो। संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राखेका हुन्। उनीहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो।
यसअघि सोमबार नै रिट निवदेकका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका हुन्। वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए।

