२८ फाल्गुन २०८२, बिहीबार
सिंहदरबारमा एमाले एकता कार्यदल बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। कोटेश्वरस्थित नेपाल निवासमा दुई नेताहरुबीच वार्ता चलिरहेको छ।
सर्वोच्चले असार २८ मा संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने भएपछि सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरु थप सक्रिय भएका छन्।

