२८ फाल्गुन २०८२, बिहीबार
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन् ।
नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका छन् । उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ ।


संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो।