२८ फाल्गुन २०८२, बिहीबार
आसन्न महाधिवेशनका लागि नेपाली कांग्रेसभित्र छलफल तीव्र हुँदै गर्दा संस्थापन इतर समूहको छलफल हुने भएको छ । सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्ने भन्दै छलफल हुने भएको हो ।
महाधिवेशन नजिकिँदै गर्दा आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्ने विषयमा टुंगो लगाउन छलफल बोलाइएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।


पौडेल समूहबाट आधा केही नेताहरूले सभापतिमा आकांक्षी देखाएसँगै छलफल हुने भएको हो । पौडेल पक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दाबी गर्दै आएका छन् । यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राखेका छन् ।
कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।