२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेको छ ।
सर्वोच्चले फैसला सुनाउने तयारी गरेसँगै काठमाडौंमा चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।


सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्धको रिटमा असार २१ गते दुबै पक्षको बहस सकिएपछि आजका लागि पेसी तोकिएको थियो ।
असार ९ गतेदेखि नियमित रुपमा भएको सुनुवाइमा २१ गतेसम्म रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरुले राय दिएका थिए ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेट ८ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै मुद्दा दायर भएको थियो ।
संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रेका छन् ।