माइतीघर मण्डल अगाडि ओलि समर्थकको प्रदर्शन, सर्वाेच्चको फैसला अस्विकार

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार १५:०३ मा प्रकाशित

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् ।