२८ फाल्गुन २०८२, बिहीबार
विघटित प्रतिनिधिसभा पुन: स्थापना भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । आज सोमबार सर्वोच्च अदालतले फैसला दिँदै विघटित प्रतिनिधिसभा पुनः स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन अन्तरिम आदेश दिएको हो ।प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ जना सदस्यहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको हो । सर्वोच्चको फैसलाको पूर्णपाठ : faisala_supreme_0071