सर्वोच्चको फैसलासँगै निर्वाचनका सबै प्रक्रिया स्थगित : निर्वाचन आयोग

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार १६:१९ मा प्रकाशित

निर्वाचन आयोगले संसद पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको बताएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम अब रोकिने बताए ।

‘निर्वाचनसम्बन्धी अब सबै कार्यक्रम यहीँ रोकिएका छन्, ’ उनले नेपाल प्रेससँग भने, ‘अब चुनावसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि बढाउन मिल्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।श्रेष्ठले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा खासै खर्च नभएको बताए ।