सर्वोच्चको फैसला स्वागत योग्य: सभापति देउवा

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार १७:३४ मा प्रकाशित

नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गदै सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् । ‘सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् । उनले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि सरिक सबै पक्षलाई बधाई समेत दिएको उनले बताएका हुन् ।