२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।
कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए । यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए । आजै दिउँसो १ बजे एमाले स्थायी कमिटी बैठक बालुवाटारमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् ।

