जनादेशबाट होइन ‘अदालतको आदेश’बाट बाहिरिनुपर्‍यो: प्रधानमन्त्री ओलि

होमल्याण्ड खबर

२०७८ असार २९ गते, मंगलवार १५:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफू जनादेशबाट नभई सर्वोच्च अदालतको आदेशबाट सरकारबाट बाहिरिनुपरेको दुखेसो पोखेका छन् ।

सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारबाट बाहिरिँदा आफूलाई चिन्ता नरहेको बताए ।

प्रधानमन्त्री ओलीले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । ‘इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकासलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु’, उनले भने,  ‘त्यसकारण म बिदाइप्रति खुसी छु । चिन्ता छैन ।’