२८ फाल्गुन २०८२, बिहीबार
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका कारण आफू नेतृत्वको सरकार ढलेको बताएका छन् ।
आज सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै माधव नेपालका हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ नभएको बताए । ओलीले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको उल्लेख गरे ।


संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली आज सरकारी निवास छाडेर निजी निवास सरेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका २३ सासंदले हस्ताक्षर गरेका थिए ।