२८ फाल्गुन २०८२, बिहीबार
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी राखेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
डा. भट्टराईले आज सार्वजनिक अपिल जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गरेका छन्।


नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद भएको डा. भट्टराईको भनाइ छ ।