२८ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ ।
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने एक नेताले जानकारी दिए ।


देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री देउवाले अन्य मन्त्रालयहरु आफैंसँग राखेका छन् । पौडेल पक्षले मन्त्रीहरुको नामावाली पठाएपछि देउवाले अन्य मन्त्रालयको जिम्मेवारी बाँडफाड गर्नेछन् ।