सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

होमल्याण्ड खबर

२०७८ असार ३१ गते, बिहीबार १४:३३ मा प्रकाशित

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।