२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ ।
सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

