कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण १ गते, शुक्रबार १२:५३ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक २ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बैठक तय भएको छ । यसअघि प्रायस् बूढानीलकण्ठमा बस्ने बैठक आज प्रधानमन्त्री देउवा बालुवाटारमा सरेसँगै बैठकस्थल परिवर्तन गरिएको हो ।

बैठक महाधिवेशन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको काम र तयार पारेको प्रतिवेनमाथि बैठकमा छलफलको एजेण्डा छ ।