नेकपा एमालेको कार्यदल खारेज, देउवाको विपक्षीमा उभिन सांसदहरूलाई निर्देशन

होमल्याण्ड खबर

२०७८ श्रावण १ गते, शुक्रबार १४:२७ मा प्रकाशित

नेकपा एमालेले पार्टी एकता गर्न बनाएको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले कार्यदल खारेज गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो ।त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको बैठकले निष्कर्ष निकालेको छ ।