एमाले संसदीय दलको बैठकमा नेता नेपाल पक्ष अनुपस्थित

होमल्याण्ड खबर

२०७८ श्रावण १ गते, शुक्रबार १६:०१ मा प्रकाशित

नेकपा एमालेको संसदीय दलको बैठकमा नेता माधव नेपाल पक्ष अनुपस्थित भएका छन् । आजै बसेको स्थायी कमिटी बैठकमा समेत नेता नेपाल पक्षका नेताहरू अनुपस्थित भएका थिए ।

बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको थियो । सत्ताबाट बाहिरिएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । आगामी आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्ने भएसँगै पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।