माधव नेपाल समूह भन्छ – हामी देउवालाई मत दिने विषयमा निर्णय गर्नैपर्दैन

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार ११:५९ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले शेरबहादुर देउवालाई मत दिने स्पष्ट पारेका छन् । उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् । उक्त समुहका सांसद मेटमणि चौधरीले हामीले प्रधानमन्त्रीलाई मत दिन्छौँ । कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताए । नेपाल समूहका २३ सांसदसहित १४६ जना सांसदले सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहमा पुगेका महन्थ ठाकुर पक्षका सांसदले पक्षमा मतदान गरेमा नेपाल समूहमा रहेका कम्तिमा ८ सांसदले मत दिए पनि देउवाको पक्षमा बहुमत पुग्ने अनुमान कांग्रेसले गरेको छ ।