एमाले स्थायी कमिटीको निर्णय : देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १३:५४ मा प्रकाशित

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।