देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट फर्किए

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १४:५६ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका थापा सडकबाट काठमाडौं आउँदै थिए ।

तर, पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट आएका हुन् ।