राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १५:२२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।