२८ फाल्गुन २०८२, बिहीबार
सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ ।
आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

