२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा (सांसद) पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी हुँदै गर्दा उनले पदबाट राजीनामा दिएका हुन् ।
अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रावलले राजीनामा दिएका हुन् । ‘राजीनामा दिन म संसद भवनामा आएको छु, सभामुखलाई भेट्न पाएको छैन,’ मेरो न्युजसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई भेट्ने वित्तिकै राजीनामा बुझाउँछु ।’

