२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताए ।
‘बहुदलीय व्यवस्थामा फरक राजनीतिक विचार, दल र प्रतिस्पर्धा स्वभाविक हुन् । यी आवश्यक पनि छन् । तर, हाम्रा केही साझा चुनौती , गन्तव्य र उद्देश्य छन् । त्यसका लागि हामीले सहकार्य गर्नैपर्छ । नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन हाम्रो साझा गन्तव्य हो’, देउवाले भने ।

