२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ठिक ठाउँमा बस्न आग्रह गरेका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा सभाको बैठकमा बोल्दै उनले एमालेलाई आफ्नो सीमा नबिर्सन आग्रह गरेका हुन् ।
‘संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने ?,’ उनले भने, ‘नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरी कोरोनाको बाटोमा धकेल्ने ? अध्यादेश ल्याएर मन पर्ने गर्ने ?’


शेरबहादुर देउवाले विश्वासको मत पाएपछि कसरी संसद चल्छ ? कसरी सरकार चल्छ ? भन्ने कुुरा हेर्न आग्रह गरे ।
‘नेपालको अदालतले कठिन अवस्थामा सही बाटो देखाउँदै आएको छ, योपटक मात्र होइन,’ उनले भने, ‘कोरोनाको खोप नपाएको अवस्थामा खोप किन्ने पैसा भ्रष्टाचार गरेको देखेका छौँ ।’