आफू नेतृत्वको सरकारले जति खोप लगाए पनि व्यवस्था गरेको ओली दाबी

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार १२:४६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अवसर र्सिजना गरेको बताएका छन् । ललितपुरको च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दैँ ओलीले जति खोप लगाए पनि व्यवस्था गरेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आफ्नो प्राथमिकता खोप, खोप र खोप भएको बताएका थिए । ओलीले देउवाको उक्त भनाइप्रति व्यङ्ग्य गर्दै आफू नेतृत्वको सरकारले जति खोप लगाए पनि व्यवस्था गरेको दाबी गरे ।