२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २० सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।
तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो । बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।

