भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार १४:४३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन अनुरोध गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको १० औँ बैठक केन्द्रीय कमिटीको बैठकमा ओलीले रावलले आफूसँग सल्लाह नगरी हतारमा राजीनामा दिएको बताए ।

ओलीले सकिन्छ भने सांसद पदबाट दिएको राजीनामा र्फिता लिन रावललाई आग्रह गरका छन् ।

देउवालाई विश्वासको मत नहालौं, पार्टी एकता जोगाऔं भनेर आग्रह गर्दा माधव नेपालले हप्कापछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

रावलको प्रस्ताव अस्वीकार गर्दै नेपालले विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भन्नेअडान राखेको ओलीको भनाय छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।