२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् । आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताएका हुन् ।सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।

