नेकपाका अध्यक्ष ओली र विप्लवबीच भेट वार्ता

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार ११:०८ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ । ओलीलाई भेट्न विप्लव ओली निवास बालकोट पुगेका हुन् । आज मंगलबार बिहान भएको भेट वार्तामा तत्कालीन ओली सरकारसँगको तीन बुँदे सहमति कार्यन्वय गराउन र पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव विप्ललसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासमेत गएका थिए । पछिल्लो समय भेट वार्तालाई तीव्रता दिएको विप्लवले एक सातामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरणलगायतका नेताहरूलाई भेटिसकेको छन् ।