२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई आज स्पष्टीकरणपत्र पठाइँदै छ ।
पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदलाई स्पष्टिकरणपत्र पठाउने तयारी भइरहेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । हिजो बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


प्रतिनिधिसभामा देउवाले आइताबार विश्वासको मत माग्दा एमालेका ओली र नेपाल समूहका गरी २२ सांसदले पक्षमा मतदान गरेका थिए । खनाल–नेपाल समूहका १० सांसद भने मतदानमा तटस्थ बसेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिदा खनाल–नेपाल समूहका २८ सांसद दिन अनुपस्थित भएका थिए । सोही कारण अहिलेको अवस्था आएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिने तामाङले बताए ।