संसदीय दलको नेता चयन गर्दै जसपा उपेन्द्र यादव पक्ष

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार १५:०९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ । बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।