नेकपा एमालेका २२ सांसदलाई पठाइयो स्पष्टीकरण पत्र

होमल्याण्ड खबर

२०७८ श्रावण ६ गते, बुधबार १६:२५ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका २२ जना सांसदहरूलाई स्पष्टीकरण सोधिएको छ । नेता माधव कुमार नेपालसहित २२ जना सांसदहरूलाई सोधिएको हो ।

पार्टीको स्थायी समिति बैठकमार्फत ४ गतेको मिति राखेर स्पष्टीकरणको पत्र पठाइएको हो । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन् ।

अहिले पार्टीको स्थायी समिति बैठक जारी छ ।