भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल

होमल्याण्ड खबर

२०७८ श्रावण ६ गते, बुधबार १७:१२ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् । आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् ।

सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।