पुष्पलालका सिद्धान्तलाई सबैले आत्मसात गर्नुपछ : मुख्यमन्त्री पौडेल

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १४:११ मा प्रकाशित

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच अनावरण गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको कार्यक्रममा पौडेलले शालिक अनावरण गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई सबैले आत्मसात् गर्न आग्रह गरे । उहाँले अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकामा दुःख व्यक्त गरे । रासस