२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । आसन्न १४ औँ महाधिवेशनका बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने भएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक महाधिवेशन केन्द्रीत हुने छ ।

