प्रधानमन्त्री देउवा र मुख्मन्त्री भट्टबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार ११:४४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो। भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ।

यसका साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीले जानकारी दिए।