एमाले सांसद र विघटित कार्यदलका सदस्यहरूबीच छलफल जारी

होमल्याण्ड खबर

२०७८ श्रावण १० गते, आईतवार १५:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल भइरहेको छ । विघटित कार्यदलका सदस्यहरूमार्फत पार्टी एकताको पहलका लागि सिंहदरबारको कृषि हलमा छलफल जारी छ ।

पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले निरन्तर प्रयास गरिरहेका छन् । सांसदहरुले उनीहरुलाई नै थप दबाब र सल्लाह दिनका लागि छलफलमा डाकेका हुन् ।