मन्त्रिपरिषद् बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण ११ गते, सोमबार ११:५७ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मात्रै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।