उपेन्द्र यादव भन्छन्- ठकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

होमल्याण्ड खबर

२०७८ श्रावण ११ गते, सोमबार १३:१२ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले बिचार गर्छ । मौका दिनुपर्यो नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले भने, ‘मौका दिएकै हो, अध्यक्ष पनि बनाइदिएकै हो ।

अब के मौका दिन बाँकी छर ?’ उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए । उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।