कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनको विषयमा छलफल हुने

होमल्याण्ड खबर

२०७८ श्रावण १२ गते, मंगलवार ०७:२३ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार १४ औं महाधिवेशन तयारीबारे बैठक केन्द्रित रहनेछ।

क्रियाशील सदस्यता विवादलाई लिएर विगत दुई सातादेखि कांग्रेस पार्टी कार्यायल सानेपामा असन्तुष्ट नेता कार्यकर्ता धर्नामा बसेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।